जिएमआरले बेच्यो ६०० मेगावाटको माथिल्लो मर्स्याङ्दी

काठमाडौं । भारतीय कम्पनी जिमएमआर (ग्रान्धी मालिकार्जुन राव)ले लाइसेन्स बेचेको ६ सय मेगावाटको माथिल्लो मर्स्याङ्दी जलविद्युत आयोजना नेपाली र चिनियाँ कम्पनीले बनाउने भएका छन् ।

बुटवल पावर कम्पनी र तीनवटा चिनियाँ कम्पनीले उक्त आयोजनाको सबै सेयर किन्ने सम्झौता गत वैशाखमा भएको थियो । आयोजनाका लागि जिएमआरले बनाएको हिमताल हाइड्रो पावर कम्पनीको सेयर बुटवल पावर कम्पनीले झन्डै २० प्रतिशत र बाँकी चिनियाँ कम्पनीले किन्ने भएका छन् ।

चिनियाँ कम्पनीहरू एससिआइजी इन्टरनेशनल, सिन्चेङ इन्टरनेशनल इन्भेष्टमेन्ट र क्युवाइइसी इन्टरनेशनल लिमिटेडसँग मिलेर आफूहरूले आयोजना बनाउन लागेको बुटवल पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठले जानकारी दिए ।

आयोजना विकास सम्झौताबारे पनि कम्पनीका अधिकारीले लगानी बोर्डसँग अनौपचारिक कुरा गरेको बोर्डका सिईओ महाप्रसाद अधिकारीले जानकारी दिए । सेयर आफूहरूको नाममा आउनासाथ काम सुरू गरिहाल्ने भएकाले लगानी बोर्डसँग कुराकानी गरेको श्रेष्ठले बताए ।

१० वर्षअघि सरकारले आयोजनाको अध्ययन गर्न जिएमआरलाई अनुमति दिएको थियो । विस्तृत आयोजना प्रतिवेदन बनाइसकेपछि जिएमआर माथिल्लो मर्स्यांङ्दी बेचेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कुलमान घिसिङको चेतावनी- १५ दिनभित्र बिल नतिरे फेरि लाइन काट्छु

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणलाई नेपाल सरकारको निर्णय पालन गर्न कानूनी रुपमा बाध्य भएको बताएका छन्। बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले लिएको निर्णयलाई पालना गर्नु प्राधिकरणको जिम्मेवारी भएको स्पष्ट पारे । उनले विशेष जोड दिँदै भने, 'सरकारको निर्णय पालना गर्नैपर्छ ।'

प्रतिकृया दिनुहॊस