काठमाडौं । आर्थिक लाभका लागि राजधानीको एक निजी अस्पतालले कतारमा कोमामा रहेका बिरामी सुटुक्क ल्याउने गरेको पाइएको छ। सतुंगलस्थित ओम समाज अस्पतालले पछिल्लोपटक रुकुमको चौखावाङ-९,गल्मपाटीका ललितबहादुर बुढालाई परिवारको स्वीकृति नलिई कतारस्थित हमाद अस्पतालबाट ल्याएको हो।
बिरामी ल्याएबापत हमादले निश्चित रकम दिने गरेको स्वीकार्दै ओम समाजका मेडिकल निर्देशक डा.भीमनाथ खरेलले केही बिरामी ल्याइसकेको बताए। हाेम कार्कीले लेखेकाे याे खबर अाजकाे कान्तिपुर दैनिकमा छापिएकाे छ। चार वर्षदेखि कोमामा रहेका बुढालाई नेपाल लैजाने प्रबन्ध मिलाउन हमादले कतारस्थित नेपाली दूतावासलाई दबाब दिँदै आएको थियो।
बिरामी ल्याउन आफू तयार भएको भन्दै ओम अस्पतालले गत सेप्टेम्बर १८ मा हमादलाई पत्र पठाएको थियो।
तपाईंको प्रतिकृया




