काठमाडौं । फेसबुक, युट्युब, गुगल, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालले नेपालबाट वार्षिक अर्बाैं रुपैयाँ आम्दानी गर्दै आएका छन्। विज्ञापन तथा व्यवसाय प्रवद्र्धनका नाममा सामाजिक सञ्जालले ठूलो परिमाणमा नाफा कमाइरहे पनि नियमन नहुँदा राज्यले करोडौं रुपैयाँ राजश्व गुमाइरहेको छ।
सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुक इन्कले आफ्ना उत्पादन फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेन्जरबाट सन् २०१७ मा एसिया प्यासेफिक क्षेत्रबाट प्रतिप्रयोगकर्ता ८ दशमलव ९२ डलर आम्दानी गरेको थियो। यस वर्ष ९ दशमलव ९१ डलर आम्दानी गर्ने अनुमान छ।
एसिया प्रशान्त क्षेत्रको औसत मान्दा १ करोड १० लाख नेपाली प्रयोगकर्ताबाट फेसबुकले यस वर्ष १२ अर्ब ७५ करोड रुपैयाँ लग्नेछ। गोपाल साउदले आजको नयाँ पत्रिकामा यो खबर लेखेका छन्। यसरी नेपालबाट प्रतियप्रयोगकर्ता ११ सय ५९ रुपैयाँ जानेछ।
तपाईंको प्रतिकृया



