प्राइम कमर्सियल बैंकको थप दुई एक्सटेन्सन काउन्टर विस्तार

काठमाडौं । प्राइम कमर्सियल बैंकले दुई नयाँ एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ । बैंकले जेठ २५ र २७ गते काउन्टरहरु विस्तार गरेको हो ।

जेठ २५ गते गोकर्णेश्वर नगरपालिकाको हनुमान चोकमा स्थानीय उद्योगी, व्यवशायी, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा गोकर्णेश्वर नगरपालिका वडा नम्वर ४, का वडाअध्यक्ष जय राम महतले गोकर्णेश्वर एक्सटेन्सन काउन्टरको समुदघाटन गरेका थिए ।

यसैगरि, बैंकले २७ गते आइतबार कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ३, भद्रवासमा पनि एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ । उक्त एक्सटेन्सन काउन्टरको समुदघाटन वडा नम्वर ३ का वडाअध्यक्ष राममणि पुडासैनीले स्थानीय उद्योगी, ब्यवसायी, समाजसेवी तथा विभिन्न पेशाकर्मीेको उपस्थितीमा गरे।

सो सामारोहमा बैकका प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धरले आफ्ना ग्राहकहरुलाई थप चुस्त, प्रविधिमैत्री र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए ।

नयाँ २ एक्सटेन्सन काउन्टर सहित बंैकको शाखा संख्या १८९ र एक्सटेन्सन काउन्टर संख्या ५ पुगेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनआईसी बैंकका कार्ड प्रयोगकर्ताहरूलाई लेमन ट्री प्रिमियरका विभिन्न सेवामा ३५ प्रतिशतसम्म छुट

काठमाडौँ । एनआइसी एसिया बैंकले आफ्ना कार्ड प्रयोगकर्ता ग्राहकहरु तथा कर्मचारीहरूलाई काठमाडौं, बुढानीलकण्ठस्थित Lemon Tree …

प्रतिकृया दिनुहॊस