कीर्तिमान बनाएको सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । शुक्रबार कीर्तिमानी मूल्य (१ लाख ४५ हजार)मा कारोबार भएको सुनको मूल्य आज ४ हजारले घटेको हो ।

यस दिन छापावाला सुन प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन ३ हजार ९ सय ५० रुपैयाँले घटेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ ७५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्काइवर्थको दसैं अफरः घरायसी उपकरण खरिदमा एमजीको कमेट ईभी जित्न सकिने

काठमाडौं । स्काइवर्थ होम एप्लायन्सेसले दसैंतिहार विशेष अफर सार्वजनिक गरेको छ । स्काइवर्थको नेपालका लागि …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds