उठेका सबै प्रश्नको उत्तर दिनैपर्छ भन्ने छैन : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सबैको जवाफ दिँदै जाने हो भने आफ्नो अरू काम नै नहुने बताएका छन् । आइतबार बिहान विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री लामिछानेले उठेको सबै प्रश्नको उत्तर दिनुपर्छ भन्ने नभएको बताएका हुन् ।

देशकागोप्य सूचना विदेशीलाई बेच्नेमाथि कारबाही र अनुसन्धानको विषय कहाँ पुग्यो रु भनेर प्रश्न गर्दा उनले जवाफ दिन चाहेनन् । ‘मुलुकको सूचना बेच्नेमाथि कारबाही र अनुसन्धानको विषय कहाँ पुग्यो र त्यसको प्रक्रिया या कुनै चिज भइरहँदा भन्ने कुरा पनि भएन । संसदमा बोल्ने सन्दर्भमा मैले कसैको नाम लिएको थाहा छैन । सञ्चार माध्यममा यस्ता कुरा पनि आउँछन् नि भन्ने कुरा गरेको हुँ,’ उनले भने, ‘अरु प्रश्न पनि छन् होला नि साथीहरू ? तपाईँहरूका आफ्ना प्रश्न पनि भइदिएको भए हुन्थ्यो । कसैले खडा गरिदिएको प्रश्न महिनौँसम्म सोध्नुभयो भने कसरी हुन्छ ? अनुसन्धानका विषय यसरी पत्रकार सम्मेलन गर्दै अगाडि गइन्छ र ?’

सहकारीबारे सोधिएको प्रश्नमा जवाफ दिँदै मन्त्री लामिछानेले भने, ‘जसले जे भन्छ, त्यसको जवाफ दिँदै हिँड्ने हो भने त मेरो अरु कामै रहँदैन ।’

उनी राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रणसम्बन्धी गोष्ठीमा सहभागी हुन विराटनगर पुगेका छन् । गोष्ठीमा झापा, मोरङ र सुनसरीका निकायका प्रमुख, राजस्व, भन्सार प्रमुखहरू सहभागी छन् । यसमा भन्सार विभाग, राजस्व अनुसन्धान कार्यालय, राष्ट्रिय अनुसन्धान कार्यालय, कोसी प्रदेश प्रहरी कार्यालय र सशस्त्र प्रहरी गणको समसामयिक विषयमा प्रस्तुति हुने कार्यक्रम छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds