काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । आज एकै दिन १८ सयले बढेर मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो ।
बुधबार छापावाला सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन छापावाला सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
तेजाबी सुन पनि १८ सय रुपैयाँले नै बढेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख ४३ हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो दिन चाँदीको भाउ भने २५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको हो ।
प्रतिकृया दिनुहॊस