प्रभु बैंक र स्विस कन्ट्याक्टबीच सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड र स्विस कन्ट्याक्ट/नेपाल कृषि बजार विकास कार्यक्रम (एनएएमडीपी फेज२)बीच सम्झौता भएको छ ।

कोसी प्रदेशमा कृषि व्यवसाय गरिरहेका नेपाली कृषकहरूको व्यावसायिक विकासमा सहयोग गर्ने गरी स्विस कन्ट्याक्ट नेपालको सहकार्यमा सञ्चालन गरिने ‘कोसी प्रदेशका लागि दिगो कृषि पहल’ नामक परियोजनाका लागि सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा स्विस कन्ट्याक्ट एनएएमडीपी फेज२ का तर्फबाट प्रतिनिधि रिमा श्रेष्ठ र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार नेपालको कोसी प्रदेशमा कृषि व्यवसाय गरिरहेका वा कृषि व्यवसाय गर्ने इच्छा भएका कृषकहरूलाई प्रभु बैकको नजिकका शाखाहरूबाट कृषि कर्जाका साथै वित्तीय साक्षरता तथा व्यावसायिक साक्षरता सहज रूपमा उपलब्ध गराइने बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनएमबि बैंकले मनायो सातै प्रदेशमा एमएसएमई दिवस​

काठमाडौं । ​एनएमबि बैंकले सातै प्रदेशमा एमएसएमई दिवसको मनाएको छ । अन्तर्राष्ट्रिय एमएसएमई दिवस २०२४ …

प्रतिकृया दिनुहॊस