आमाछोरा एकै ठाउँमा मृत फेला

काठमाडौं । इलाममा आमाछोरा झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । जिल्लाको इलाम नगरपालिका २ सुम्बेक पराजुली गाँउका बासिन्दा फूलमाया तामाङ्ग र छोरा जीवन झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

उनीहरू घरभित्रै करिब ४३ वर्षीया आमा फूलमाया र २० वर्षीय छोरा जीवन सुत्ने कोठामा एकै ठाउँमा दुईवटा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

बुवा फुर्देन तामाङ घरमा नभएको बेला उनीहरू मृत भेटिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा डीएसपी प्रकाश जवेगुले बताए ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री