यूनाइटेड अजोड इन्स्योरेन्सले १००ः १५ रेसियोमा हकप्रद सेयर जारी गर्ने

काठमाडौँ । यूनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद (राइट सेयर) जारी गर्ने भएको छ । नियामक बीमा प्राधिकरणले चुक्ता पुँजी वृद्धिका लागि २०८१ असार मसान्तसम्मको समय दिएपछि कम्पनीले पुँजी वृद्धिका लागि हकप्रद सेयर जारी गर्ने भएको हो ।

बुधबार बसेको कम्पनीको सञ्चालक समितिको ३२ औं बैठकले हाल चुक्ता पुँजीको १००ः १५ रेसियो अर्थात् एकसय कित्ता बराबर १५ कित्ताका दरले हकप्रद जारी गर्ने निर्णय गरेको हो । प्राधिकरणले जीवन बीमाका लागि न्यूनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमाका लागि २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने व्यवस्था गरेको छ ।

यहि प्राधिकरणको निर्देशन बमोजिम बीमा कम्पनीहरु धमाधम पुँजी वृद्धिको गृहकार्यमा जुटेका हुन् । कम्पनीले हाल कायम चुक्ता पुँजीको १००ः १५ अनुपातमा हकप्रद निष्काशन गरी पूँजी बृद्धिको स्वीकृतिका लागि सिफारिस सहितको प्रस्तावित पूँजी वृद्धिको योजना नेपाल बीमा प्राधिकरणमा पेश गर्ने जनाएको छ ।

प्राधिकरणबाट स्वीकृति प्राप्त भएपश्चात उक्त प्रस्ताव पारित गर्नका लागि आगामी साधारण सभामा हकप्रद निष्काशनको प्रस्ताव पेश गर्ने निर्णय गर्ने कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ल्यायो अनलाइन पोर्टल मोबाइल एप्स

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले अनलाइन पोर्टल तथा मोबाइल एप्सको शुभारम्भ गरेको छ । …

प्रतिकृया दिनुहॊस