मुक्तिनाथ विकास बैंकद्वारा हरियाली अभियान अन्तर्गत इलाम र महोत्तरीमा वृक्षरोपण

काठमाडौं । मुक्तिनाथ विकास बैंकले दुई अलग अलग जिल्लामा सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षरोपण कार्यक्रम आयोजना गरेको छ ।

कम्पनीले इलाम जिल्लास्थित इलाम नगरपालिकाको चियाबारी–७ र पाटेनागी- १ मा करिब २५० वटा तथा महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाको किसन नगर-६ मा १०० वटा कागतीका विरुवाहरुको वृक्षरोपण गरेको हो ।

कम्पनीले यस्तो खालको कार्यक्रमले हरियाली अभियानद्वारा वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तन विरुद्ध लड्न योगदान पु-याउने बताएको छ ।

कार्यक्रममा बैंकका कर्मचारीहरु, अभियानकर्ता तथा स्थानिय नगरबासीहरुको उपस्थिति थियोे ।

कम्पनीले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भीसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट नि ः शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको बताएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्र बैंकद्वारा कर्णाली डेभलपमेन्ट बैंकलाई व्यवसाय गर्न रोक

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई व्यवसाय गर्न रोक लगाएको छ । बैंकको …

प्रतिकृया दिनुहॊस