छानबिन समितिको कार्यादेश बनाउने कार्यदलको बैठक निष्कर्षविहीन

काठमाडौं । संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्ष विहीन भएको छ । सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न संसदीय समिति बनाउने भनिएपनि त्यसको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्ष विहीन भएको हो ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा सत्ता पक्ष र प्रतिपक्ष दलका सदस्यहरू यथावत् अडान भएकाले बैठक निष्कर्षविहीन बन्न पुगेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलन प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम नै तोकेर संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायमै राखेको छ ।

बिहानको बैठकमा कांग्रेसका प्रतिनिधिले गृहमन्त्री लामिछाने अपचलनमा संलग्न रहेको जिकिर गरे । ‘गोरखा मिडियामा जसरी सहकारीबाट पैसा आयो र त्यसको अपचलनमा रवि लामिछाने संलग्न हुनुहुन्छ, यो विषय राख्यौँ,’ कांग्रेसका सहमहामन्त्री जीवन परियारले बैठकपछि भने, ‘हाम्रो बटमलाइनबाट टसमस छैनौँ ।’

सहमतिमा पुग्न फेरि बैठक बस्ने उनले बताए । कांग्रेस प्रतिनिधिले सहमतिको ‘मध्यविन्दु’ खोज्न सत्तापक्षलाई आग्रह गरेका छन् । ‘मध्यविन्दु खोज्न सत्तालाई प्रस्ताव लिएर आउनुस् भनेका छौँ,’ उनले भने ।

यता कार्यदलका सदस्य समेत रहेका नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने सौहार्दपूर्ण वातावरणमा छलफल भएको बताए । ‘सकारात्मक भयो । हाम्रो टिममा बसेर छलफल गर्नुपर्छ । उहाँहरुले पनि छलफल गर्नुपर्छ,’ उनले भने, ’बाहिर आएजस्तो सहमति भएको छैन । सहमति गरेर हाउसको गतिरोध अन्त्य गर्ने सहमति भयो ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघ चुनाव : प्रकाशित सदस्यता नामावलीप्रति ५२ शाखा अध्यक्षको आपत्ति

काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि प्रकाशित सदस्यता नामावलीप्रति ५२ वटा जिल्ला शाखाका अध्यक्षहरूले आपत्ति जनाएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले प्रकाशित नामावलीप्रति आपत्ति जनाउका हुन् ।

प्रतिकृया दिनुहॊस