कार्यादेश टुंगो लगाउँदै कार्यदल, कांग्रेसबाट थपिए कार्की

काठमाडौं । सहकारीको रकम अपचलन, ठगी र हिनामिना लगायतका विषयमा छानबिनका लागि गठन गर्ने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक सुरु भएको छ । बैठक कानुन मन्त्रालयमा सुरु भएको हो ।

बैठकमा नमिलेको विषयमा सहमति जुटाउन प्रयास हुनेछ । यसअघि गत आइतबार बसेको कार्यदलको बैठकले कार्यादेशमा सहमति जुटाउन सकेको थिएन । कार्यदलमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट पूर्वमन्त्रीसमेत रहेका सांसद ज्ञानेन्द्रबहादुर कार्की थपिएका छन् ।

कार्यदलमा विशेषगरी गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने कि नगर्ने भन्ने विषयमा विवाद छ । सत्ता र प्रतिपक्ष दलले गत शनिबार सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको थियो । सो सहमति अनुसार समितिको कार्यादेश (टिओआर) टुङ्गो लगाउन कार्यदल गठन गरिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

होटलमा २ दिनसम्म थुनेर नाबालिगमाथि सामूहिक बलात्कार

रूपन्देही । बाँकेको कोहलपुरको एक होटलमा लगेर २ दिनसम्म बन्धक बनाई एक नाबालिगलाई सामूहिक बलात्कार …

प्रतिकृया दिनुहॊस