जेठ ७ गते चौथो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते चौथोपटक विश्वासको मत लिने भएका छन् । सरकारको नेतृत्व गरिरहेका दाहालले सरकारको नेतृत्व गरेको १७ महिनामा चौथोपटक विश्वासको मत लिन लागेका हुन् ।

उनी २०७९ साल पुस २६ गते पहिलोपटक विश्वासको मत लिएका थिए । तत्कालिन गठबन्धनको सहयोगमा २०७९ पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले नयाँ गठबन्धनका साथ २६ पुसमा पहिलोपटक विश्वासको लिएका थिए भने त्यसलगत्तै चैत ६, २०७९ दोस्रोपटक विश्वासको मत लिएका थिए ।

त्यसपछि तत्कालिन गठबन्धनको प्रमुख दल नेपाली कांग्रेससँग सम्बन्ध तोडेर नेकपा एमालेसँग गठबन्धन गरेपछि यही फागुन ३० गते तेस्रोपटक विश्वासको मत लिएका थिए । जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएको हुनाले दाहालले फेरि अर्कोपटक विश्वासको मत लिन लागेका हुन् ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री दाहालले सभामुख देवराज घिमिरेलाई विश्वासको मत लिने कुरा जानकारी गराइसकेको पनि जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दुर्गा प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले प्रसाईंसहित जीवन पाण्डे र दुर्गा खनाललाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds