ओलीको आक्रोश- यो देश कांग्रेसको एकलौटी हो ?

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले गरेको संसद् अवरोधको प्रतिरोध गर्ने बताएका छन् ।

बुधबार पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले नेपालमा आफूहरूले लडेर लोकतन्त्र ल्याएको भन्दै एमालेको बारेमा बोल्दा विचार पुर्‍याउनको लागि कांग्रेसका नेताहरूलाई चेतावनी दिएका हुन् ।

ओलीले कांग्रेसको अधिनायकवादी चरित्र प्रकट भएको बताए । ‘यस अधिनायकवादी चरित्रसँग हामी लत्रिनुपर्ने कुनै कारण छैन । मिलाएर जान खोजिराखेका छौं। हामीमाथि नै औँला उठाइराखेका छन् । यो देश कांग्रेसको एकलौटी हो ? अरू यहाँ जन्मिनु गल्ती हो ? ’

उनले गिरिबन्धु टि स्टेटका विषयमा कांग्रेसले आफ्नो नाम जोडेकोप्रति आक्रोशसमेत पोखेका छन् । ‘जहाँसम्म गिरिबन्धु टि स्टेटको कुरा छ, नेपाली कांग्रेसले एकपल्ट ५१ विगाह, एक पटक १९ विगाह कमिसन खाएर सट्टापट्टा गर्ने नाउँमा जमिन विक्री गर्न दिएको छ । त्यही टि स्टेटको, पछि अदालतले ऐन र नियम बनाउनु भनेर आदेश दिएपछि हामीले अदालतको आदेशबमोजिम ऐन बनाएका हौं । कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ ’ उनले भने ।

उनले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न नभएको दाबी गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालुवाटार पुगेका रास्वपा मन्त्रीले दिएनन् राजीनामा, प्रचण्ड सरकार लम्बिने

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा नदिई फर्किएका …

प्रतिकृया दिनुहॊस