मंगोलियाका दुई आरोही सगरमाथामा बेपत्ता

काठमाडौँ । सगरमाथा आरोहण गर्ने क्रममा मंगोलियाका दुई आरोही बेपत्ता भएका छन् । मंगोलियाका युखजर्गल सिडेनडम्बा र प्योरभिस्रन खाग्बाजाभ बेपत्ता भएका हुन् ।

पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार सगरमाथा आधार शिविरमा खटिएका सम्पर्क अधिकृतले उक्त जानकारी दिएका हुन् ।

उनका अनुसार आरोहीहरू सगरमाथाको ८ हजार मिटरभन्दा माथिबाट हराएका हुन् । उनीहरूको खोजी प्रयास भइरहेको उनले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री