मुम्बईमा आँधीले होडिङ बोर्ड ढल्दा मृत्यु हुनेको संख्या १४ पुग्यो, ७४ घाइते

एजेन्सी । भारतको मुम्बईमा आँधीका कारण १५ हजार वर्गफिटको होर्डिङ बोर्ड ढल्दा मृत्यु हुनेको संख्या १४ पुगेको छ । दुर्घटनामा परी करिब ७४ जना घाइते भएको भारतीय अधिकारीहरूले बताएका छन् । प्रहरीका अनुसार ७० मिटर लामो होर्डिङ बोर्ड शहरको घर र पेट्रोल स्टेसनमा खसेको थियो ।

मुम्बईमा वर्षा र धुलोको आँधीले रुखहरू ढलेसँगै बिलबोर्ड खसेको थियो । होर्डिङ बोर्ड खसेर सवारी साधनहरू च्यापिएका छन् । घटनास्थलमा उद्धारका कामहरु भइरहेका छन् । होर्डिङ बोर्डमुनिबाट पीडितलाई निकाल्न धातु काट्न विभिन्न ठूला उपकरणहरू प्रयोग भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री