काठमाडौं । मुक्तिनाथ विकास बैंकले धादिङ्गस्थित बद्री विशाल मावि र स्वर्णिम एकाडेमीमा १८२ विधार्थीहरुलाई चाहिने स्टेशनरी सामानहरु हस्तान्तरण गरेको छ ।
बैंकले शिक्षा तथा बालबालिकाहरुको हित सम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्व अन्तरगत कामहरु गर्दै आएको छ । सोहि क्रममा बैंकले कपि, कलम, पेन्सिल, पेन, आदि हस्तान्तरण गरेको हो ।
उक्त हस्तान्तरण कार्यक्रममा बैंकका संचालक तथा कर्मचारीहरु, विद्यालयका शिक्षक तथा पदाकारीको उपस्थिति रहेको थियो । सहयोगबाट मुक्तिनाथ विकास बैंकले विधार्थीहरुमा शिक्षा प्रति थप उर्जा ल्याउन मद्दत पुग्ने विश्वास लिएको छ ।
प्रतिकृया दिनुहॊस