काठमाडौँ । बाँकेको कोहलपुरमा गोली चलेको छ । लागु औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले बिहीबार बिहान गोली चलाएको हो ।
काठमाडौँबाट खटिएको लागु औषध नियन्त्रण ब्युरोको टोलीले कारोबारी कोहलपुर नगरपालिका-१२ चप्पलगौडी बस्ने २६ वर्षीय सुशील परियारलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको छ । कारोबारी भाग्न खोजेपछि प्रहरीले गोली चलाउनु परेको थियो ।
परियारलाई नियन्त्रणमा लिने क्रममा एक राउण्ड गोली चलेको बताइएको छ । सोही ठाउँका २७ वर्षीय प्रमोद कार्की पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद भएको छ ।
तपाईंको प्रतिकृया




