डान्सबारको पाँचौ तलामा बाहिरबाट ताला लगाएर तास खेलिरहेका १३ जना पक्राउ

काठमाडौं । ललितपुरको ग्वार्कोमा तास खेलिरहेका १३ जना पक्राउ परेका छन् । ग्वार्कोस्थित ननस्टफ डान्सबारको पाँचौ तलाको कोठामा बाहिरबाट ताला लगाएर भित्र जुवा खेलिरहेका १३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जुवा खालबाट १३ जनालाई पक्राउ गरेको र ४ लाख ३५ हजार ९६० रुपैयाँ बरामद भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । जिल्ला प्रहरी परिसर ललितपुर र अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री