झापामा बाइक र बोलेरो जुधे, बाइकमा सवार तीन युवाको मृत्यु

काठमाडौं । झापाको शिवसताक्षीमा भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । बिहान करिब साढे ५ बजेतिर शिवसताक्षी-८ स्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट खुरुङ्गातर्फ आउँदै गरेको मे३प ५००१ नं को १५० सिसीको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०१–००१ च ९३२९ नं को बोलेरो एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो ।

मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको र एक जनालाई बीएण्डसी हस्पिटल बिर्तामोड लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाइएको छ । मृतकको परिचय खुल्न सकेको छैन । दुई जना अन्दाजी २५ वर्षका र एक जना १६ वर्षको रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल, बोलेरो, बोलेरो चालक मेचीनगर ६ बस्ने ४५ वर्षीय ऋषिराज गिरी इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको प्रहरी निरीक्षक अनीश बुढाथोकीले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds