मछिन्द्रसँग गोलरहित बराबरी खेल्दै पुलिस तेस्रो स्थानमा उक्लियो

काठमाडाैं । नेपाल पुलिस क्लबले मछिन्द्र क्लबसँग आइतबार गोलरहित बरबारी खेलेको छ । सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबारको पहिलो खेलमा मछिन्द्र र पुलिसले बराबरी खेल्दै अंक बाँढेका हुन् ।

लगातार दोस्रो खेलमा अपराजित रहेको नेपाल पुलिस क्लब ४ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ भने लगातार गोलरहित बराबरी खेलेको मछिन्द्र आठौं स्थानमा यथावत छ । पुलिसले यसअघि लिगको पहिलो खेलमा जावलाखेललाई १-० ले पराजित गरेको थियो ।

राष्ट्रिय खेलाडीले भरिएको पुलिसले मछिन्द्रलाई दबाबमा राखे पनि गोल गर्न नसक्दा अंक बाढ्न बाध्य भयो । पहिलो खेलमा च्यासलविरुद्ध खेलमा म्यान अफ द म्याच भएका विकास थुलुङ राई आज पनि राम्रो प्रदर्शन गर्दै म्यान अफ द म्याच भए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालको लगातार तेस्रो हार, वेस्ट इन्डिजलाई एक खेल अगावै सिरिज उपाधि

काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित भएको छ । विहिबार …

प्रतिकृया दिनुहॊस