सिन्धुपाल्चोक दुर्घटनाका मृतकमध्ये २ जनाको सनाखत

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जन्ती बस दुर्घटनामा ज्यान गुमाउने ३ जनामध्ये २ को सनाखत भएको छ । मृत्यु हुनेमा दोलखा भीमेश्वरका मानबहादुर थामी र भीमेश्वर-१ का शिव श्रेष्ठ रहेको खुलेको छ ।

दोलखाको भीमेश्वर-१ सुस्पाबाट सिन्धुपाल्चोक त्रिपुरासुन्दरी-४ पिस्करमा दुलही लिन हिँडेको बा ४ ख ५६१६ नम्बरको बस सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी-५ स्थित तौथलीनजिकै शुक्रबार बिहान साढे सात बजे दुर्घटना भएको थियो । ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुर्घटनामा दुलहासहित ५२ जना घाइते भएका छन् ।

घाइते भएका ५२ मध्ये ७ को अवस्था गम्भीर रहेको पनि जनाइएको छ । घाइतेहरुको खाडीचौर अस्पताल र अन्य स्थानीय अस्पतालहरुमा उपचार जारी छ भने गम्भीर घाइतेहरुलाई धुलिखेल र काठमाडौं ल्याउने तयारी पनि गरिएको छ । बस बिहान ७ बजेदेखि दुर्घटना भएको जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

संघीय संसदका दुवै सदनको बैठक (कार्यसूची)

काठमाडौं । संघीय संसदका दुबै सदनको वैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक शुक्रबार बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।

प्रतिकृया दिनुहॊस

This will auto close after