कीर्तिमान बनाएको सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (बिहीबार) घटेको छ । बुधबार प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ६ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

तेजाबी सुनको मूल्य पनि घटेको छ । आज तेजाबी सुन पनि तोलामा ६ सयले घटेर प्रतितोला १ लाख ३७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १० रुपैयाँले बढेर प्रति तोला १ हजार ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री