कीर्तिमान बनाएको सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (बिहीबार) घटेको छ । बुधबार प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ६ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

तेजाबी सुनको मूल्य पनि घटेको छ । आज तेजाबी सुन पनि तोलामा ६ सयले घटेर प्रतितोला १ लाख ३७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १० रुपैयाँले बढेर प्रति तोला १ हजार ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सेन्साई ब्राण्डका एयर कुलरको माग बढ्यो

काठमाडौं । सेन्साई ब्राण्डको एयर कुलरहरूको माग अत्यधिक बढ्दै गएको छ । कम्पनीका अनुसार गर्मी …

प्रतिकृया दिनुहॊस