कांग्रेसले इलाम-२ मा खड्का र बझाङमा सिंहलाई उम्मेदवार बनाउने

काठमाडौं । नेपाली कांग्रेसले इलाम-२ को उपनिर्वाचनमा डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले इलाम- २ मा खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

कांग्रेसले त्यस्तै बझाङको प्रदेशसभा सदस्यमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसले इलाम- २ मा उम्मेदार तय गर्न आज सबै आकांक्षीसँग छलफल गरेका थिए । इलाम- २ मा महामन्त्री गगन थापा लगायतले भेषराज आचार्यलाई उम्मेदवार बनाउनुपर्ने अडान राखेका थिए ।

डम्बर खड्का २०७९ को मंसिर ४ मा भएको आम निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्वाङसँग ११४ मत अन्तरले पराजित भएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस