प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसाय प्रालिबीच सम्झौता

काठमाडौं । प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसाय प्रालिबीच सम्झौता भएको छ। सम्झौता अनुसार गण्डकी ट्याक्सी व्यवसाय प्रालिसँग आबद्ध भएका ट्याक्सी व्यवसायीहरुको प्रभु बैंक लि. मा रहेको खाताबाट सहज रुपमा रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोबाइल एप्लिकेशनबाटै प्राप्त गर्न, विभिन्न बैंक/वित्त तथा अन्य गेट–वे मार्फत् रकमान्तर तथा भुक्तानी गर्न, महशुल तथा शूल्क भुक्तानी गर्न, सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्यूतीय भुक्तानी प्रणालीमा आबद्ध गराउन सक्नेछन्।

सम्झौतामा प्रभु बैंकका गण्डकी प्रदेश, प्रमुख व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचनको विशेष उपस्थितिमा बैंकको तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु राना मगर तथा गण्डकी ट्याक्सी व्यवसाय प्रालिको तर्फबाट अध्यक्ष गान्धिराज गिरीले हस्ताक्षर गरे। कार्यक्रममा फोन पे को तर्फबाट समेत प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। बैंकका अनुसार विशेष गरी सार्वजनिक यातायातका सेवाग्राहीहरुले ट्याक्सी चालकहसँग रहेको प्रभु बैंकद्वारा उपलब्ध गराइएको क्युआर मार्फत् बिना झण्झट सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सकिने व्यवस्था मिलाईएको छ।

गण्डकी ट्याक्सी ब्यबसाय प्रालिमा आबद्ध १५० भन्दा बढी ट्याक्सी चालकहरुका लागि बैंकको तर्फबाट क्यु आर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामग्रीहरु उपलब्ध गराईएको छ। निकट भविष्यमा अन्य ३५० भन्दा बढि चालकहरुलाई उपलब्ध गराईने कार्यक्रम रहेको छ। कार्यक्रममा बैंकको तर्फबाट ट्याक्सी चालकहरुका लागि क्यु आर, डेबिट कार्ड तथा अन्य डिजिटल प्रोडक्टहरुको सञ्चालन, उपयोगिता, रकमान्तर तथा यसबाट हुने जोखिम न्युनिकरणका उपायहरु सम्बन्धमा झण्डै १ घण्टाको दृष्यचित्र सहित चेतनामुलक सामाग्री प्रस्तुती गरिएको थियो।

पर्यटकीय राजधानीे पोखरामा सञ्चालित सार्वजनिक यातायातमा हुने विद्यूतीय भुक्तानी प्रणालीबाट सेवाग्राहीहरु तथा ट्याक्सी व्यवसायीहरु समेत लाभान्वित हुने बैंकले विश्वास लिएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंकद्धारा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यत्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार …

प्रतिकृया दिनुहॊस