महिला उद्यमीको क्षमता अभिवृद्धि गर्न एनसेल र महिला उद्यमी महासंघ नेपालबीच सहकार्य

काठमाडौं । एनसेल र महिला उद्यमी महासंघ नेपालले देशव्यापी रुपमा महिला उद्यमीहरुको क्षमता अभिवृद्धि गर्न सहकार्य गरेका छन्। यसले महिला सशक्तीकरण र नेपालको सामाजिक–आर्थिक विकासमा योगदान पु-याउने उद्देश्य राखेको एनसेलले जनाएको छ।

सातौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको अवसरमा पारी एनसेल र महिला उद्यमी महासंघले महिला उद्यमीहरूको विकास, दिगो व्यापार वृद्धिका लागि सहजीकरण र जीविकोपार्जनमा सहयोग पुर्याउन एक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

चैत १६ गते ललितपुरको हेरिटेज गार्डेन, सानेपामा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन समारोहमा महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शोभा ज्ञवाली र एनसेलकी कर्पोरेट कम्युनिकेसन तथा सीएसआर हेड विशाखा लक्ष्मी खड्काले सो समझदारीपत्र आदानप्रदान गरेका थिए।

नेपालको अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनीका रुपमा, एनसेलले महिला उद्यमी महासंघसँग आबद्ध ५ हजारभन्दा बढी महिला उद्यमीहरूको क्षमता अभिवृद्धि र डिजिटल साक्षरताका लागि सहयोग गर्ने उदेश्य राखेको छ। सहकार्यले विभिन्न पहलहरु मार्फत महिला नेतृत्वमा रहेका उद्यमहरूको बिजनेस भायबिलिटी बढाउन मद्दत पुर्याउने अपेक्षा राखिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप