दुर्गा प्रसाईंबारे छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति

काठमाडौं । गृह मन्त्रालयले व्यवसायी दुर्गा प्रसाईंको हतियारबारे छानबिन गर्न समिति बनाएको छ । गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेवको संयोजकत्वमा प्रसाईंले लाइसेन्स लिएर राखेको स्वचालित हतियारबारे छानबिन गर्न मन्त्री स्तरीय निर्णयबाट समिति बनाएको हो ।

समितिमा मन्त्रालयको कानुन शाखाका उपसचिव ऋषि पौडेल, प्रहरीका एसपी सन्तोष भट्टराई र गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी सदस्य सचिव रहेका छन् ।

उक्त समितिले जिल्ला प्रशासन कार्यालय, झापाबाट मिति २०७५ असार २१ मा दुर्गाप्रसाद प्रसाईको नाममा इजाजतपत्र नं १०१३१ मा जारी भएको २२ बोर नम्बरको हतियारको इजाजतपत्र र त्यसको नविकरणका विषयमा छानबिन गरेर दोषीउपचर कारबाही गर्न सिफारिस गर्ने जनाएको छ ।

छानबिन समितिलाई त्यसबारे अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ । दुर्गा प्रसाईंका दुई बडीगार्ड ५ चैतमा सर्वोच्च अदालत परिसरबाट हतियार र गोलीसहित पक्राउ परेका थिए । यद्यपि उनीहरू रिहा भइसकेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस संसदीय दलको बैठक सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक एक दिनलाई सरेको छ …

प्रतिकृया दिनुहॊस