रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।पार्टी को विधानको धारा ७१ बमोजिम सञ्चालन गरिने प्रारम्भिक निर्वाचनको पूर्व प्रकाशित तालिका अनुसार उम्मेदवारहरुबीच छलफल भएको थियो ।

छलफलमा लिम्बुलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गर्दै अन्य उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उनलाई उम्मेदवार बनाइएको रास्वपाले जनाएको छ ।

माओवादीमा आवद्ध लिम्बुले पार्टीबाट राजीनमा दिँदै स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । उनलाई उम्मेदवार बनाउन रास्वपा सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल, महामन्त्री ढकाल लगायतले लामो छलफल गरेका थिए ।

इलाम– २ मा रास्वपाबाट उम्मेदवार बन्न ६ जना आकांक्षीहरू थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कालीगण्डकी किनारमा दुर्गाबहादुरको शव फेला

काठमाडौं । स्याङ्जाको चापाकोट नगरपालिका-९, का एक युवकको शव कालीगण्डकीमा फेला परेको छ । चापाकोट-९ …

प्रतिकृया दिनुहॊस