मुक्तिनाथ विकास बैंकले कञ्चनपुरको कृष्णपुरमा गर्‍यो वृक्षारोपण

काठमाडौं । मुक्तिनाथ विकास बैंकले कञ्चनपुर जिल्ला स्थित कृष्णपुरमा करिब १५० वटा कागतीका विरुवाहरूको वृक्षारोपण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत हरियाली अभियानद्वारा वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तनविरुद्ध लड्न योगदान पुर्‍याएको बताएको छ ।

बैंकले उक्त कार्यक्रम अन्तर्राष्ट्रिय वन दिवसको उपलक्ष्यमा आयोजना गरेको थियो । सो कार्यक्रममा बैंकका कर्मचारीहरू, अभियानकर्ता तथा स्थानीय नगरबासीहरूको उपस्थिति रहेको थियो ।

बैंकले डिजिटल कारोबारलाइ प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको ‘वेस्ट बैंक अवार्ड’

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको वेस्ट बैंक अवार्ड २०२४ बाट सम्मानित …

प्रतिकृया दिनुहॊस