जब ओलीले प्रदेश मन्त्री सोडारीले महिलासँग गरेको अश्लील संवादको अडियो क्लिप सुने…

काठमाडाैं । प्रदेश ७ का सामाजिक विकासमन्त्री दीर्घ सोडारीलाई केही महिनाअघि एक महिलासँग ‘अश्लील संवाद’ गरेका कारण बर्खास्त गरिएको खुलेको छ। सोडारीले ती महिलासँग अश्लील संवाद गरेको अडियो रेकर्ड बालुवाटार पुगेपछि उनलाई बर्खास्त गर्ने निर्णय भएको स्रोतले जनाएको छ। यो खबर आजको कान्तिपुर दैनिकमा धनगढीबाट अर्जुन शाहले लेखेका छन्।

ती महिला स्वयंले प्रधानमन्त्रीलगायत नेकपा नेताहरूसमक्ष उक्त संवादको ‘क्लिप’ पठाएकी थिइन् । ‘अश्लील संवादका साथै केही तस्बिर पनि बालुवाटार पुर्‍याइएको छ,’ स्रोतले भन्यो। मन्त्रीबाट बर्खास्त गरिएसँगै सोडारीलाई मंगलबार बसेको नेकपाको सुदूरपश्चिम प्रदेश पदाधिकारी बैठकले पार्टी सदस्यबाटै निष्कासन गरेको छ । प्रदेश अध्यक्ष कर्ण थापाले पदीय आचरणविपरीत व्यवहार गरेकाले कारबाही गरेको बताएका छन्।

‘अनिश्चित समयका लागि पार्टी सदस्यताबाट निष्कासन गरिएको छ,’ थापाले भने । बैठकमा इञ्चार्ज भीम रावल, प्रदेश अध्यक्ष थापालगायत सबै पदाधिकारी उपस्थित थिए। संवादको अडियो रेकर्ड सुनेपछि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रदेश इञ्चार्ज रावल, अध्यक्ष थापा र मुख्यमन्त्री त्रिलोचन भट्टलगायत नेतासँग कुरा गरेको एक नेताले बताए । सोडारीले भने चर्चा चलेका आरोपका विषयमा कुनै प्रतिक्रिया दिन मानेनन् । ‘मलाई केही थाहा छैन,’ उनले भने, ‘पार्टीले गरेको जुनसुकै निर्णय मेरा लागि मान्य छ।’

स्रोतका अनुसार महिलासँगको सम्बन्धका बारेमा गाइँगुइँ चलेपछि केही समयअगाडि मुख्यमन्त्रीले समेत उनलाई सचेत गराएका थिए । सोडारी गम्भीर प्रकृतिको घटनामा मुछिएपछि प्रदेश इञ्चार्ज रावल आक्रोशित भएका थिए । ‘घटना सुनेपछि रावल पनि रिसाएका थिए,’ स्रोतले भन्यो । प्रदेश अध्यक्ष थापा पहिल्यैदेखि रुष्ट रहेको सोडारीनिकट कार्यकर्ता बताउँछन्। पार्टी सदस्यबाट निष्कासन भएपछि सोडारी प्रदेशसभामा स्वतन्त्र सांसदको हैसियतमा रहने छन्। प्रदेशका मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्यायले प्रदेशसभा सदस्य पदमा असर नपर्ने बताए।

पार्टी त्याग गरेको भए वा समानुपातिक सदस्य भए पार्टीले हटाउन सक्थ्यो । उनी कैलाली निर्वाचन क्षेत्र ४ (क) बाट निर्वाचित भएका हुन् । ‘पार्टीको कारबाही फुकुवा नहुँदासम्म स्वतन्त्र सांसदको भूमिकामा रहन्छन्,’ उपाध्यायले भने। सोडारी ६ वर्षदेखि कैलालीमा तत्कालीन एमालेको अध्यक्ष थिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस