बच्चा चोरीको आरोप लागेकी महिलालाई एक लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । एकजना २६ दिने शिशु चोरी आरोप लागेकी दैलेखकी मानकुमारी सिंहलाई जिल्ला अदालतल काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ । सिंहलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजालस १ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

गत फागुन ११ गते प्रसुति गृहबाट २६ दिने बालिका चोरी गरेको आरोपमा पक्राउ परेकी सिंहलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अपहरण तथा शरीर बन्धक कसुरको अभियोगपत्र दायर गरेको थियो ।

सिंहले काभ्रेको चौरीदेउराली गाउँपालिका-३ घर भएर कपन बस्ने सबिना श्रेष्ठको २६ दिने बच्च चोरेकी थिइन् । थापाथलीस्थित प्रसूति गृहबाट बच्चा चोरेको आरोप लागेकी मनकुमारी सिंहले आफू डिप्रेसनको बिरामी भएको र कसैलाई नभेटेपछि होश गुमेर बच्चा घर लिएर जान पुगेको बयान दिएकी छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds