कुवेतमा कारले ठक्कर दिँदा तीन नेपालीको मृत्यु

काठमाडौं । कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको छ । मंगलबार बिहान करिब ५ बजेतिर भएको दुर्घटनामा पापाजोन कम्पनीमा कार्यरत तीन जनाको मृत्यु भएको हो ।

नेपाली राजदूतावास कुवेतका प्रथम सचिव तथा सूचना अधिकारी प्रेमराज गौतमकाअनुसार महाबुल्ला क्षेत्रको सिसाइड रोडमा उनीहरु दुर्घटनामा परेका थिए । दुर्घटनामा परी काठमाडौंको सानो भर्‍याङ्गका सुजन कार्की, अछामको पन्चदेवल विनायक-५ का सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगरको मृत्यु भएको हो । मृतकका परिवार र कम्पनीसँग सम्पर्कमा रहेर शवहरु नेपाल पठाउन आवश्यक प्रक्रिया अघि बढाइएको सूचना अधिकारी गौतमको भनाई छ ।

हवालीमा बस्दै आएका सुजन कार्की र धिरज गुर्मछान मगर सोमबार राति महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न गएका थिए । राती सुरतसँगै बसेका उनीहरु मंगलबार बिहान ड्युटीका लागि आफ्नो कोठामा फर्किन लागेका थिए । सुरत उनीहरुलाई बस चढाउन आएका थिए, त्यही बेला तीनै जनालाई कारले ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनापछि गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिनुको साथै मृतकहरुको शवलाई पोष्टमार्टमका लागि फरवानिया हस्पिटल राखिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कालीकोट जीप दुर्घटना : यी हुन् मृत्तक र घाइते (नामसहित)

काठमाडौं । कालिकोट जीप दुर्घटनामा गम्भीर घाइते आठ जनालाई सुर्खेत ल्याइएको छ । पलाँता गाउँपालिका–३ …

प्रतिकृया दिनुहॊस