गृहमन्त्रीलाई कांग्रेसको प्रश्न- तपाईँ ठूला माछा उम्काउने प्रपञ्चको हतियार बनिराख्नुभएको छैन ?

काठमाडौं । नेपाली कांग्रेसले अनुसन्धानको दायरामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्रीको जिम्मेवारी दिनुले गम्भीर आशंका पैदा भएको बताएको छ । प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै कांग्रेस सहमहामन्त्री तथा सांदस बद्री पाण्डेले रविको पोजिसनलाई रक्षा कबज बनाएर दसौँ अर्बको आरोप लागेको ठूला माछालाई उम्काउने प्रपञ्च भएकोतर्फ संकेत गरेका हुन् ।

उनले सरकारी समस्याको समाधान र विवादित व्यक्तिको नियुक्तिको विषयमा प्रधानमन्त्री प्रचण्डको धारणा माग गरे । ‘कतै गृहमन्त्रीको पोजिसनलाई रक्षाकवच बनाएर एक दुई करोड मात्रैको अभियोग लागेका तपाईँलाई शिखण्डीको भूमिकामा अघि सारेर दशौँ अर्बको ठगी गर्ने ठूला माछाहरू उम्काउने प्रपञ्चको तपाईँ जानी नजानी हतियार र बनिराख्नुभएको छैन,’ उनले प्रश्न गरे ।

उनले अनुसन्धानको कमान्ड सम्हाल्नुपर्ने गृहमन्त्री नै अनुसन्धानको दायरामा हुनुले गम्भीर नैतिक प्रश्न खडा भएको बताए । उनले अगाडि भने, ‘सहकारीको आदर्श विपरीत गर्न नहुने संस्थामा लगानी, दिन नहुने शीर्षकमा कर्जा, शेयर सदस्य नै नभएको व्यक्तिले पाएको ऋणलगायत सघन आरोपले घेरिएका गृहमन्त्रीले यस्तै प्रकृतिको दोषीलाई कसरी कानूनी कारबाहीको दायरामा ल्याउनुहुन्छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds