पर्यटन बोर्डका सीईओ जोशीले पाए अन्तर्राष्ट्रिय अवार्ड

काठमाडाैं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी लन्डनमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् । सीईओ जोशीलाई ‘इन्टरनेसनल इन्स्टिच्युट फर पिस थु टुरिजम’ नामक संस्थाले ‘च्याम्पियन सीप इन च्यालेन्ज अवार्ड’बाट सम्मान गरेको हो ।

यूएनडब्लूटीओका पूर्वमहासचिव डा. टेल रिफाईले जोशीलाई सो अवार्ड हस्तान्तरण गरेका  हुन् । यो अवार्ड नेपालले पहिलोपटक पाएको हो । नेपालसहित जमैकाले पनि अवार्ड पाएको छ । ४० देशका करिब ३ सय जना पर्यटन क्षेत्रसँग सरोकार राख्ने देशका प्रतिनिधि कार्यक्रममा सहभागी थिए ।

अर्वाड प्राप्त गरेपछि प्रमुख कार्यकारी अधिकृत जोशीले अर्वाडले आफूलाई जिम्मेवारी बोध गराएको प्रतिक्रिया दिए । ‘यो अवार्डको हकदार हामी सबै हौं, देश भूकम्पले थिलोथिलो परेपछि निकै चुनौतीपूर्ण बनेको नेपालको पर्यटन क्षेत्रलाई हामीले चलायनमान बनाइराख्यौं, यसैकारण अवार्ड प्राप्त गर्न सफल भयौं’, उनले भने ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धनगढीमा ३६ किलो चरेस बरामद, मान्छे किन समातिएन ?

काठमाडाैं । धनगढीमा प्रहरीले ३६ किलाे चरेस बरामद गरेकाे छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी …

प्रतिकृया दिनुहॊस