सोलुखुम्बुमा तीन दिनमा तीन विदेशी पर्यटकको मृत्यु

सोलुखुम्बु । खुम्बु क्षेत्रको भ्रमणमा रहेका एक विदेशी पर्यटकको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ वर्षीय जापानी नागरिक हिरो युकी योसीजा रहेको सोलुखुम्बुका प्रहरी निरीक्षक देउप्रसाद लिम्बुले जानकारी दिए ।

लुक्लाबाट सगरमाथा आधार शिविरतर्फ जाँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको हो । गाउँपालिका–५ गोरप्सेपस्थित एभरेष्ट इन होटलको डाइनिङ हलमा उनको मृत्यु भएको प्रहरी निरीक्षक लिम्बुले बताए । मृत्युको कारण भने खुल्न सकेको छैन ।

आइतबार मात्र सोही गाउँपालिका–४, दिङबोचेमा ४३ वर्षीय मलेसियन नागरिक वङ वेनडीको ज्यान गएको थियो भने सोमबार सोही गाउँपालिकाको चुकुम्री भन्ने ठाउँमा ६० वर्षीय फ्रान्सेली नागरिक भेरानिक जुलिडरको लडेर मृत्यु भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोप-२९ मा सहभागी भई राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) …

प्रतिकृया दिनुहॊस