२५ स्थानमा केबुलकार सञ्चालन गर्न प्रस्ताव

काठमाडाैं । नेपालका थप २५ स्थानमा केबुलकार सञ्चालनका लागि आवेदन परेको छ । अग्ला, पर्यटकीयस्थल तथा मन्दिरलगायतका स्थानलाई लक्षित गर्दै केबुलकार सञ्चालनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग २३ वटा कम्पनीले अनुमतिका लागि प्रस्ताव गरेका छन् ।

संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयसँग आईईएई (वातावरणीय अध्ययन अनुमति) का लागि दुईवटा आवेदन परेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देलका अनुसार, अग्ला, पर्यटकीयस्थल तथा मन्दिरलगायतका स्थानलाई लक्षित गर्दै केबुलकार सञ्चालनका लागि अनुमति माग गर्दै आवेदन दिने कम्पनीको संख्या बढ्दै गइरहेको छ ।

मन्त्रालयका अनुसार इलामको पाथिभरा दर्शन प्रालि, बूढानीलकण्ठदेखि शिवपुरी डाँडासम्मको त्रिवेणी केबुलकार, इलाम पाथिभरा दर्शन, हिमाल दर्शन, दिव्यदर्शनलगायतका केबुलकार कम्पनी निर्माणको चरणमा रहेका छन् । त्यसैगरी, मौलाकालिका दर्शन प्रालि, मौलाकाली केबुलकार प्रालि, सगरमाथा रोपवे, लिक सेवा, मालिका रोपवे, मुुक्तिनाथ दर्शन, घ्याम्पेफेदी, गोसाइकुुण्ड केबुलकार, सिद्धेश्वर पर्यटन सहकारी, सिद्धबाबा केबुलकार, गोसाइकुण्ड दर्शन प्रालि र शिवपुरी इकोटुरिजम एन्ड केबुलकारलगायतका कम्पनीहरू सञ्चालनको पर्खाइमा रहेको मन्त्रालयले जनाएको छ ।

हाल मनकामना र चन्द्र्रागिरि केबुलकार मात्रै सञ्चालनमा छन् । नेपालमा मनकामना केबुलकार सञ्चालमा आएको डेढ दशकपछि चन्द्रागिरि केबुलकारले सञ्चालनका लागि स्वीकृति पाएको थियो । त्यस्तै, पोखरामा अन्नपूर्ण केबुलकार, ताप्लेजुुङमा पाथिभरा केबुलकार सञ्चानलका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको छ भने दोलखामा कालिञ्चोक दर्शन सञ्चालनको तयारीमा रहेको मन्त्रालयले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फाइल तस्वीर

रवि लामिछानेलाई जहाज फेरेर भैरहवाबाट पोखरा लगियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई रुपन्देहीको भैरहवाबाट कास्कीको पोखरा लगिएको छ । बुटवलको सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानमा रहेका सभापति लामिछानेलाई शुक्रबार भैरहवाबाट पोखरा लगिएको हो ।

प्रतिकृया दिनुहॊस