महालक्ष्मी विकास बैंकले वितरण गर्‍यो नवराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ति

काठमाडौँ । महालक्ष्मी विकास बैंकले त्रिनगर माध्यामिक विद्यालय धनगढी, कैलालीमा अध्यनरत छात्रा हिरा कुमारी जोशीलाई कक्षा दश अध्ययनका लागि स्वर्गीय नवराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुनिल कुमार नेपालले जोशीलाई हस्तान्तरण गरेका हुन् ।

अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्यनमा सहयोग पुर्‍याउने उद्देश्यले पचास हजार बराबरको छात्रवृत्ती उपलब्ध गराएको बैंकले जनाएको छ । मालिका विकास बैंकका संस्थापक अध्यक्ष स्व.नवराज बहादुर सिंहको स्मृतिमा स्थापित नवराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ति स्थापना गरेको थियो ।

कार्यक्रममा बोल्दै कार्यालयका प्रमुख नेपालले विद्यार्थीहरु देशका कणर्धार भएकोले गुणस्तरीय शिक्षा अपरिहार्य रहेको बताए । विद्यालयका प्रधानाध्यापक भूपाल सिंह खड्काले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तिले गुणस्तरीय शिक्षामा टेवा पुर्‍याउने कुरा जानकारी गराउँदै बैंकले गरेको सहयोग प्रती कृतज्ञता जाहेर गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनएमबिका दुई म्युचअल फन्डको लाभांश घोषणा

काठमाडौँ । एनएमबि बैंकले प्रवर्द्धन गरेका दुई वटा म्युचुअल फन्डको लाभांश घोषणा भएको छ । …

प्रतिकृया दिनुहॊस