गठबन्धन कांग्रेसलाई महँगो साबित भयो, अब सजग बनौं : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गठबन्धन परिवर्तन गर्ने सोमबारको घटना सामान्य नभएको बताएका छन् । नयाँ गठबन्धन बनेपछि प्रतिक्रिया दिँदै नेता कोइराला यो असामान्य घटना भएको टिप्पणी गरेका हुन् ।

उनले राजनीतिक परिवर्तनबाट कांग्रेस नेतृत्वले पाठ सिक्नुपर्ने बताए । ‘राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो, तर हिजो (फागुन २१)को घटना सामान्य होइन’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘कमजोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महँगो साबित भयो । यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि ? भविष्यको लागि सजग बनौँ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएका छन् । नयाँ गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालको सहभागिता छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री