टाटा टिपर एक्सचेञ्ज क्याम्प आयोजना हुँदै

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले कमर्सियल गाडीहरूलाई लाक्षित गर्दै टाटा टिपर एक्सचेञ्ज क्याम्प आयोजना गर्न लागेको छ।

एक्सचेञ्ज क्याम्पमा जुनसुकै ब्राण्डका टिपरहरूसँग टाटा एस.के. १६१३ र टाटा एल.पि.के. २५२३ टिपर साट्न सकिनेछ। उक्त कार्यक्रम फागुन २२ र २३ गते धादिङ स्थित सिप्रदी सर्भिस सेन्टर धार्केमा आयोजना हुन लागेको हो।

टाटा एस.के. १६१३ र एल.पि.के. २५२३ टिपर एक्सचेञ्ज गर्ने ग्राहकहरूले आकर्षक एक्सचेञ्ज बोनस तथा अन्य उपहारहरू प्राप्त गर्न सक्नेछन्।

गाडी एक्सचेञ्ज तथा नयाँ खरिद गर्न चाहने ग्राहकहरू यस एक्सचेञ्ज क्याम्पमा सहभागी भई फाइदा उठाउन सिप्रदीले अनुरोध गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री