काठमाडौं । पोखरामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ । डिभाइडरमा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा परी कैलालीका २८ वर्षीय महेश आचार्य र ३० वर्षीय शैलेन्द्र कुमार उपाध्यायको मृत्यु भएको हो ।
शनिबार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएको थियो । उपचारका क्रममा आचार्यको बिहान करिब ४ः१४ बजे र उपाध्यायको ४ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी सूर्यबहादुर रानाका अनुसार पोखरा महानगरपालिका- ७ बुलौंदीमा दुर्घटना भएको हो ।
लेकसाइडबाट जिरोतर्फ आउँदै गर्दा बा प्र०२-०३४ प ५६२१ नम्वरको बुलेट मोटरसाइकल सडक बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । मृतक दुवैको शव शनिबार दिउँसो आफन्तले बुझेको प्रहरी निरीक्षक रानाले बताए । उनीहरु घुम्नका लागि शुक्रबार काठमाडौंबाट पोखरा गएका थिए ।
प्रतिकृया दिनुहॊस