प्रभु बैंकका डेपुटी सिइओ र पूर्वसिइओसहित १० जना पक्राउ

काठमाडौँ । सीआईबीले प्रभु बैंकका डेपुटी सीईओ र पूर्वसीईओसहित १० जनालाई पक्राउ परेको छ । मंगलवार उनीरूलाई सीआईबीले बैंकिङ कसुरमा काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

ब्युरोकी प्रमुख तथा एआईजी किरण बज्राचार्यका अनुसार डेपुटी सिईओ मनोज न्यौपाने र पूर्वसीईओ तुल्सीराम गौतमसहित १० जनालाई पक्राउ परेका हुन् । सीआईबीले सविन घिमिरे, सुबास श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, दिपेश प्रधान, दिलिप बराल, रमण श्रेष्ठ र राजेश भण्डारीलाई पनि पक्राउ गरेको छ ।

सेञ्चुरी कमर्सियल बैंकमा रहँदा प्रवाह भएको ऋण अनियमितता गरेको आरोप उनीहरूमाथि छ । यसबारे थप अनुसन्धान भइरहेको उनले बताइन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री