नेपाल, नामिबिया र नेदरल्याण्ड्सबीचको टी-२० सिरिज पनि ‘एक्सन स्पोर्टस’मा हेर्न पाइने

काठमाडौं । नेपाल क्रिकेट संघ क्यान (क्यान)को आयोजनामा आजदेखि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टी-२० क्रिकेट त्रिकोणात्मक श्रृंखला हुँदैछ । नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी उक्त टी-२० श्रृंखला डिसहोमको एक्सन स्पोर्टस एचडी वानबाट प्रत्यक्ष प्रसारण हुने भएको छ ।

पछिल्लो समय नेपाली क्रिकेट टोलीले घरेलु मैदानमा खेलेका अन्तर्राष्ट्रिय प्रतियोगिताहरू प्रत्यक्ष प्रशारण गरिरएको डिसहोमले त्रिकोणात्मक टी-२० श्रृंखला पनि प्रशारण गर्ने सोमवार जानकारी गराएको हो । एक्सन स्पोर्टस एचडी वानबाट यसअघि नेपाल र क्यानडाबीचको श्रृंखलाका साथै आईसीसी विश्वकप लिग-टूको पहिलो त्रिकोणात्मक एकदिवसीय श्रृंखला पनि प्रत्यक्ष प्रशारण भएको थियो ।

टी-२० श्रृंखलाअन्तर्गत आज नेपालले नामिबियासँग खेल्दैछ । यो खेल त्रिवि मैदानमा बिहान ११ः३० मा शुरू हुनेछ । नेपालले बुधवार नेदरल्यान्ड्ससँग खेल्नेछ । यसैगरी बिहीवार नामिबिया र नेदरल्याण्ड्स भिड्दा शुक्रवार नेपाल र नामिबिया दोस्रो पटक भिड्ने छन् । नेपाल र नेदरल्यान्ड्सको दोस्रो भेट शनिवार हुनेछ । तीनमध्ये शीर्ष दुईले उपाधिका लागि आइतवार खेल्ने छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

श्रमिकले रेमिट्यान्स पठाउने सुनिश्चिता गरेमा विना धितो ऋण पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१ /०८२ मा श्रमिकले रेमिट्यान्स पठाउने सुनिश्चिता …

प्रतिकृया दिनुहॊस