काठमाडाैं । १४ औ महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी गर्न कांग्रेस पूर्वसंस्थापनका नेताहरुले सक्रियता वढाएका छन्। सोमबार सुजाता कोइराला निवास मण्डिखाटारमा सात नेताले बिहानको खानसहित छलफल गरेका खबर आजको नयाँ पत्रिका दैनिकमा रमेश सापकोटाले लेखेका छन्।
छलफलमा सुजातासहित महामन्त्री डा.शशांक कोइराला, नेता डा.शेखर कोइराला, बरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र डा.रामशरण महत सहभागि थिए। तीनघण्टासम्म चलेको छलफलमा महाधिवेशनमा देउवा विरुद्ध मोर्चाबन्दी गरेर जाने सहमती बनेको बताइएको छ।
प्रतिकृया दिनुहॊस