प्रहरीले नै गरायो २२ लाखमा ज्यान मुद्दाको मिलापत्र

काठमाडाैं । प्रहरीले कर्तव्य ज्यानसम्बन्धी एउटा घटना मिलापत्रमा टुंग्याएको छ। कपिलबस्तुको तौलिहवा १ घर भई तारकेश्वर नगरपालका बस्ने एक व्यक्तिको मृत्युसम्बन्धी घटनामा प्रहरी अस्पतालमा कार्यरत सई सुरेन्द्र कार्की र पीडित परिवारबीच मिलापत्र गराइएको खबर आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन्।

कार्कीले पीडित परिवारलाई किस्ताबन्दीमा २२ लाख रुपैयाँ राहत दिने र रकम लिएपछि दुबै पक्षले मुद्दामामिला नगर्ने मिलापत्रमा उल्लेख छ। व्यक्तिगत लेनदेनको सिलसिलामा सई कार्कीले १८ कात्तिक राती ती व्यक्तिलाई मोटरसाईकलमा लिएर गएका थिए। भोलीपल्ट महानगररिए प्रहरी परिसर काठमाडौंले उनकी पत्नीलाई श्रीमान बिरामी भएर वीर अस्पतालमा लगिएको भन्दै भेटन् आउन खबर गरेको थियो। त्यसको केही घण्टामै उनको निधन भएको थियो।

घटनापछि सई कार्कीविरुद्ध किटानी जाहेरी दर्ता गर्न खोज्दा महानगरिय प्रहरी परिसर काठमाडौंका अधिकारीले जाहेरी लिन नमानेका मृतकका आफन्तर नातेदारले बताएका छन्। फौजदारी न्यायप्रणालीले सरकारवादी मुद्दा फिर्तामा कठोर मापदण्ड अपनाएको छ। मिलापत्रको कल्पना पनि गरेको छैन। महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता रञ्जीव रेग्मीले यस्तो मिलापत्र गौरकानुनी भएको बताए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री