काठमाडौँ । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ ।
अमेरिकाले उनीहरूलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।
‘अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले रिपोर्ट गरी बिहीबार काठमाडौँ फिर्ता पठाएको छ’, उनले भने, ‘हिजो उनीहरू आफन्त कहाँ गएर बसेका थिए ।
आज उनीहरूलाई हामीले सम्पर्कमा बोलाएका छौँ । उनीहरू के कसरी त्यहाँ गएका हुन् भन्ने विषयमा बुझनेछौँ ।’
प्रतिकृया दिनुहॊस