गरिमा क्यापिटलका ग्राहकले ‘डिम्याट खाता र मेरोशेयर’ सित्तैमा खोल्न पाउने

काठमाडाैँ । गरिमा क्यापिटलमा खाता भएका ग्राहकले सित्तैमा डिम्याट खाता र मेरो शेयर खोल्न पाउने भएका छन्।

क्यापिटलले ‘हरेक नेपाली शेयरधनी’भन्ने नाराका साथ आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी सित्तैमा’ डिम्याट र मेरोशेयर खाता खोल्न सकिने योजना ल्याएको हो। यस योजना २०८१ साल आषाढ मसान्त सम्म लाागु हुने क्यापिटलले जनाएको छ।

क्यापिटलका अनुसार यो सुविधा लिनको लागी काठमाडौँको कमलपोखरी स्थित गरिमा क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, गरिमा विकास बैंक लिमिटडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरू, रिलायन्स फाइनान्स लिमिटेडका देशैभरका सम्पूर्ण शाखा कार्यालयहरू र गरिमा क्यापिटल लिमिटेडको वेवसाईटबाट घरमै बसी खाता खोल्न सकिने छ।

यो सुविधा लिनको लागि यहाँ क्लिक गरी डिम्याट र मेरोशेयर खाता खोल्न सकिने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शाओमीको ‘दसैँ तिहारको उमंग, शाओमीको बबाल अफरसँग’ अफर सार्वजनिक

काठमाडौँ । शाओमीले नेपालमा आउँदै गरेको चाडपर्वलाई मध्यनजर गरेर चाडपर्वको सिजनको आनन्दलाई अझै उत्साहपूर्ण बनाउन …

प्रतिकृया दिनुहॊस