प्रतिपक्षीको अवरोधपछि संसद् बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र प्रतिपक्षी दल राप्रपाको अवरोधपछि प्रतिनिधिसभाको शुक्रबारको बैठक केहीबेरका लागि स्थगित भएको छ ।

बैठक सुरु भए लगत्तै एमाले र राप्रपाका विवादित मन्त्रीहरुको राजीनामा लगायतका विषयमा प्रश्न उठाएको थियो । कांग्रेस सांसद राजेन्द्र केसीले प्रतिपक्षले नियतवस गणपुरक संख्या पु¥याउन नदिन बैठक छोडेको भन्दै कुरा उठाउपछि सुरुमै एमाले सांसदहरुले आपत्ति जनाएका थिए ।

त्यसपछि बोल्ने क्रममा एमाले सांसद योगेशकुमार भट्टराईले विवादित मन्त्रीहरुको राजीनामा पनि मागे । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले विवादमा परेका भौतिक योजनामन्त्रीको राजीनामाको कुरा उठाउँदै प्रधानमन्त्री र गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरे ।

संक्षिप्त समयमा सांसदहरुले बोलेपछि एमाले र राप्रपाका सांसदहरुले उठेर बैठक अवरोध गरे । त्यसपछि सभामुख देवराज घिमिरे केहीबेरका लागि बैठक रोकेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

होटलमा २ दिनसम्म थुनेर नाबालिगमाथि सामूहिक बलात्कार

रूपन्देही । बाँकेको कोहलपुरको एक होटलमा लगेर २ दिनसम्म बन्धक बनाई एक नाबालिगलाई सामूहिक बलात्कार …

प्रतिकृया दिनुहॊस