सीतापाइला घटना : दुई छोरीसहित मृत भेटिएकी महिलाका श्रीमानको शव जंगलमा फेला 

काठमाडौं । श्रीमती, छोरी र नातिनीको हत्या गरी फरार भएका राजु घिमिरे भनिने काजी विक मृत फेला परेका छन् । सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका ६ बैराग टोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, उनका छोरीह ८ वर्षकी अनिशा श्रेष्ठ र साढे २ वर्षकी सिवानी श्रेष्ठको हत्या भएको हो ।

हत्या गरी फरार रहेका भनिएका विक हरिसिद्धिको जंगलमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार नागार्जुन नगरपालिका-६ सितापाइलामा तीन जनाको शव फेला परेको सूचना पाएपनि प्रहरी टोली बिहान घटनास्थलमा पुगेको थियो ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।  प्रहरीका अनुसार धारिलो हतियार प्रयोग गरी उनीहरूको हत्या भएको हो । दुई तले घरको भुईँ तलामा कोठा लिएर बसेका उनीहरूमाथि ह्यामरले हानेको अवस्थामा रहेको फेला परेको प्रहरीले बताएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस